तिमी र म
अथवा म र तिमी
के नै फरक छ र ?
उही हो, उस्तै हो ।
तिम्रो आफ्नै के छ र ?
मेरो आफ्नै के छ र ?
तिम्रो र मेरो भन्नु मरुभूमिको मृगतृष्णा न हो
सपनाजस्तो यथार्थ न हो
हो, केही छैन ।
तिमी शून्य
म शून्य
शून्य नै तिमी
शून्य नै म
शून्य नै शुन्य
न गरीब, न धनी
न महिला, न पुरुष
न शब, न जीब
बस्, शुन्य नै शून्य