बसन्त महर्जन
यात्रामा बाटो अलमलिन सक्छ, अलमलिएछु
दिनभरको बाटोमा एक्लो यात्री हुँदा चित्त बुझाउन सकिन्थ्यो
तर न गाउँको भीडमा बाटो सोध्न सकें, न सहरको भीडमा
जति नै अनुहार देख्छु, बाटो हराएकै पाउँछु ।
धुक्क छन् मान्छेहरु
आफू हराएको चालै नपाउने
बाटो बिराएकाहरु नै बाटो देखाइटोपल्छन् ।
कसैलाई बाटो देखाउन सक्दिन म
न कसैसँग सोध्न नै ।
म यात्री हुँ,
बाटो अलमलिन सक्छ, तर हराउँदिन,
हराउँदो हो त, बाटो देखाएर बस्थें
म यात्री हुँ, आफ्नै गन्तव्य भएको, हिडिरहेको छु ।