तिमी र म
अथवा म र तिमीमा
के फरक छ र ?
उही त हो, उस्तै त हो ।
तिम्रो आफ्नै के छ र ?
मेरो आफ्नै के छ र ?
तिम्रो र मेरो भन्नु मरुभूमिको मृगतृष्णा न हो
सपनाजस्तो यथार्थ न हो
हो, केही छैन ।
तिमी शून्य
म शून्य
शून्य नै तिमी
शून्य नै म
शून्यता नै शून्यता
न गरीब,
न धनी
न महिला,
न पुरुष
न शब,
न जीब
बस्, शून्यता नै शून्यता ।
