Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Translation
      • Story
      • Comments
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Blogs
    • Supports
    • Tour organizing
Menu

गौतम बुद्ध

Posted on 2025-03-042025-03-04 by admin
करुण अर्याल

बजारमा गौतम बुद्धको जीवनीसँग सम्बन्धित पुस्तकहरू प्रशस्त मात्रामा पाइन्छन् । स्वदेशी तथा विदेशी लेखक तथा अनुसन्धानकर्ताहरूले पनि बुद्धका बारेमा विभिन्न पुस्तक प्रकाशित गर्दै आएका छन् । यसै सेरोफेरोमा पत्रकारको रूपमा परिचय बनाएका बसन्त महर्जनको ‘गौतम बुद्ध’ नामक पुस्तक बाहिर आएको छ । ‘बुद्धको आत्मकथा’ को अनुवाद तथा सम्पादन पनि गरिसक्नु भएका महर्जनद्धारा लिखित ‘लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन’ नामक पुस्तकले पनि बुद्धका बारेमा पर्याप्त जानकारी दिएको थियो ।

प्रस्तुत पुस्तकमा गौतम बुद्धको जन्मदेखि महापरिनिर्वाणसम्मका घटनाक्रमलाई दर्शाइएको छ । कतिपय कुराहरू स्थापित मूल्य मान्यताभन्दा फरक रहेको देखिन्छ । गौतम बुद्ध देश निकाला गरिएका कुरा होस् वा उनका बाबु शुद्धोदन राजतन्त्रको राजा नभएर गणराज्यको गणप्रमुख भएका कुरा आम मान्यताभन्दा विपरित रहेका छन् । कपिलवस्तु र कोलिय गणराज्यहरूबीच लडाईको प्रसंग उठ्दा कपिलवस्तुको गणपरिषदमा सिदार्थ युद्धको विपक्षमा लागेको र अल्पमतमा पर्दा पनि बहुमतको विरोध गरेकाले उनलाई मृत्युद्धण्डको सजाय दिने प्रापधान भएपनि तत्कालिक परिस्थितिका कारण देश निकालाको आदेश दिएको र निर्वासनका क्रममा प्रवज्या लिई श्रमणत्व अपनाएर पछि बोधिज्ञान लाभ गरी बुद्ध बनेको कुरा पुस्तकमा उल्लेख छ ।

भाइ देवदत्तद्धारा घाइते भएको पंक्षीको उद्धार राजकुमार सिदार्थबाट भएको कुरा काल्पनिक रहेको भनाई लेखकको छ । यो प्रसंग पहिलो पल्ट अंग्रेजी महाकाव्य ‘दि लाइट अफ एशिया’ मा मात्र आएको र कविको कल्पनामात्र रहेको तर बौद्ध जनमानसमा पछि यही कुरा स्थापित हुन पुगको भनाई लेखकको रहेको छ ।

सिद्धार्थले संसार नदेखुन् र गृहत्याग नगरुन भनी घरमा नै सीमित राखिएको र बाहिर घुम्न जाँदा बुद्ध, रोगी, शव र भिक्षु नदेख्ने व्यवस्था मिलाइए पनि उनले यी सबै कुरा बाहिर देखेको कुरा विभिन्न ग्रन्थ र पुस्तकमा रहेका छन् । तर लेखक यो कुरालाई स्वीकार्दैनन् । सिद्धार्थलाई घरबाहिर जान कुनै बन्देज नभएको, घरमा आमा बाबु तथा अन्य वृद्धवुद्धाहरू रहेको तथा स्वयं सिद्धार्थले चिकित्सा ज्ञान पाएका कारण रोगी भन्ने कुरासँग अपरिचित नहुने लेखकको को ठम्याई छ । स्वतन्त्र चिन्तन गर्ने र गम्भीर स्वभाव भएकालाई रोग, वृद्ध, शव र भिक्षु जस्ता कुराले बिचलित बनाउने भएकाले सिद्धार्थमाथि पनि यसको गहिरो प्रभाव परेको कुरा स्वयं बुद्धबाट नै कतै उल्लेख भएको कुरा लेखकले उल्लेख गरेका छन् ।

अध्ययन, अनुसन्धानमा बढी सक्रिय भएकाले होला लेखकले पुस्तकमा आफ्नो तर्कलाई अघि सारेका छन् । २७ शीर्षक रहेको यस पुस्तकले बुद्धको जीवनका प्रायः महत्वपूर्ण घटनालाई छुने प्रयास गरेको छ । बुद्धको हत्याप्रयास, चण्डालिका, पटाचारा, अम्बपाली, डाँकु अंगुलिमाल भिक्षु बनेका घटना समावेश गरेर लेखकले पुस्तकलाई अझ पठनीय बनाउने प्रयास गरेका छन् । पुस्तकमा बुद्धत्व प्राप्तिका क्रममा बुद्धले भोगेका कुरा, संघमा महिलाको प्रवेश, सारिपूत्र र मौद्गल्यान, कपिलवस्तु गणराज्यको पतन लगायत घटनाको सरल रूपमा बर्णन गरिएको छ । पुस्तकको बीच बीचमा राखिएका तस्बिरहरूले पनि जीवन्तता दिएको अनुभुति हुन्छ । लेखकले बढीमात्रामा ऐतिहासिक तथा पुरातात्विक दृष्टिले पुष्टि भएका कुरालाई बढी समावेश गर्न खोजेको देखिन्छ । समग्रमा भन्दा गौतम बुद्धका बारे जान्न चाहने पाठकलाई पुस्तक जानकारीमूलक छ ।

( गोरखापत्र राष्ट्रिय दैनिक (२०६७ माघ २२)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb