Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

राज्यको वक्रदृष्टिमा कीर्तिपुर

Posted on 2026-03-282026-03-30 by बसन्त महर्जन

कीर्तिपुर-बस्तीमा राजाहरूले पाइला टेकेका छैनन् । प्रधानमन्त्रीहरू पनि विरलै पुग्छन् । विकासमा पछि परेको कीर्तिपुर प्रस्तावित नयाँ चक्रपथको नक्सामा पनि बाहिरै परेको छ । राजधानीको टुँडिखेल वरपर द्वन्द्व चर्किरहदा कर्फ्र्यु चाहिँ शान्त कीर्तिपुरमा लाग्छ । आखिर किन ? 

► राजधानीको चक्रपथभित्रको क्षेत्रलाई ‘दङ्गाग्रस्त क्षेत्र’ घोषणा गरेकै दिन (२६ चैत्र, २०६०) कीर्तिपुरमा कर्फ्र्यु लगाइयो, राति ११ देखि बिहान ४ बजेसम्म । प्रतिगमनविरुद्ध पाँच दलले सडक पर्र्र्दर्शन गरिरहेका रत्नपार्क, बागबजार आदि क्षेत्रहरूभन्दा सात-आठ किलोमिटर दक्षिण-पश्चिममा पर्ने कीर्तिपुरमा २६ चैत्रको बिहान तीस/चालीस जनाको एउटा जुलुस निस्केको बाहेक अरू कुनै विशेष घटना भएको थिएन । कर्फ्र्युको समाचार सुनेपछि कीर्तिपुर बासीको स्वाभाविक जिज्ञासा थियो, केही नभएको ठाउँमा अचानक किन कर्फ्र्यु ?

► त्यसको एक दिनअघि स्थानीय सहारा सहकारी संस्था लिमिटेड सञ्चालनको तारतम्य मिलाउन जिल्ला सहकारी कार्यालय, काठमाडौँका अधिकृत केशव-बहादुर थापा निरीक्षण र मुचुल्काका लागि कीर्तिपुर आउने कार्यक्रम थियो । तर कीर्तिपुरसम्म जान उनलाई खतरा महसूस भयो । उनले आफ्नो अफिसमै बसेर कीर्तिपुरको मुचुल्का तयार पारे ।

► दश वर्षेखि कीर्तिपुरमा डेरा बस्दै आएका साहित्यकार सुकुम शर्माले कीर्तिपुरको बजार क्षेत्रमा जग्गा किन्न खोज्दा घरपरिवारको स्वीकृति पाएनन् । उनी भन्छन्, “कीर्तिपुर सुन्नासाथ नाता-गोताले समेत आपत्ति जनाए । मैले उनीहरूलाई बुझाउन सकिरहेको छैन ।”

यी घटनाहरूले देखाउँछन्– कीर्तिपुरबारेको भ्रम र पूर्वाग्रह । काठमाडौँका जिम्मेवार व्यक्ति तथा निकायहरूले समेत कीर्तिपुरलाई प्रायः विकट र असुरक्षित क्षेत्रका रूपमा हर्ेर्ने गरेका छन् । यसले कीर्तिपुरबासीहरूको मनमा केन्द्रले आफूलाई विश्वास र वास्ता नगरेको छाप पारेको छ ।

कुनै दङ्गा वा तनाव नै नभई २६ र २७ चैतको राति कीर्तिपुरमा कर्फ्र्यु किन लगाइयो – काठमाडौँका प्रमुख जिल्ला अधिकारी वामनप्रसाद न्यौपाने माओवादी गतिविधि हुनसक्ने सूचनाका आधारमा त्यसो गरिएको बताउँछन् । तर, प्रजिअको यो भनाइले मात्रै कीर्तिपुरबासीको शङ्का निवारण हुँदैन । उनीहरू कर्फ्र्युलाई समेत कीर्तिपुरबारे राज्यसंयन्त्रको ‘गलत बुझाइ’ को परिणाम ठान्छन् । माओवादी गतिविधि शुरु हुनुभन्दा अघिदेखि नै सुरक्षा निकायहरू कीर्तिपुरप्रति सशङ्कति रहने गरेको नमीठो अनुभव छ कीर्तिपुरबासीसँग । चिठु गाउँका पर्ूव प्रधानपञ्च द्वारिका महर्जन भन्छन्, “तत्कालीन अञ्चलाधीशहरूले कीर्तिपुर क्षेत्रका पञ्चहरूलाई कहिल्यै पञ्चका रूपमा हेरेनन्, सिंहदरबारमा बस्नेहरूको यो दृष्टिकोण आज पनि उस्तै छ ।”

त्यसो त राणाकालमा पनि कीर्तिपुरमाथि पर्वाग्रह राखिएका उदाहरणहरू भेटिन्छन् । स्थानीय वयोवृद्धहरूका अनुसार, त्यतिखेर अधिराज्यभर ‘विर्ता प्रथा’ चले पनि कीर्तिपुरबासी यसबाट वञ्चित थिए । दरबारमा निकै चाकडी गरेपछि मात्रै उनीहरूले ‘सेरमा विर्ता’ पाउँथे, जसअनुसार प्रति रोपनी चार आना कर तिर्नुपथ्र्यो । नेपाल एकीकरणका सर्न्दर्भमा पृथ्वीनारायण शाहको गोर्खाली सेनाले कीर्तिपुरमा उत्पात मच्चाएकोले कीर्तिपुरबासीमा प्रतिशोधको भावना हुनसक्ने त्रासबाट नेपाली राज्य सधैँ सशङ्कति रहँदै आएको धेरैको कथन छ ।

२०१३ सालमा स्थापित त्रिभुवन विश्वविद्यालय -त्रिवि) नजिकै कीर्तिपुर गाउँमा एउटा साधारण क्याम्पस सञ्चालनको स्वीकृति पाउन त्यहाँका शिक्षाप्रेमीहरूले २०४७ सालसम्म पर्खनु परेको, कीर्तिपुर बाहिर निस्कने एउटा परम्परागत बाटोमाथि अधिकार जमाई विश्वविद्यालयले एकलौटी उपयोग गरेको, हाल प्रचलनमा रहेको फराकिलो मोटर बाटो पनि विश्वविद्यालय परिसरभित्रै रहेको; खानेपानी, ढल निकास, टेलिफोन आदि राज्यप्रदत्त सुविधाका लागि राजधानीकै अन्य क्षेत्रमा जस्तो प्राथमिकता नदिइएको जस्ता कुराहरूलाई पनि कीर्तिपुरबासीहरूले आफूहरूमाथिको प्रतिशोधकै रूपमा अर्थ्याउने गरेका छन् ।

न राजाले टेके, न सरकारले बुझ्यो 
गद्दीनसीन शाहवंशीय राजाहरू आजको मितिसम्म कीर्तिपुरको मुख्य बस्ती वा बजार प्रवेश गरेको र्सवसाधारणलाई हेक्का छैन । त्रिविको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका प्रमुख प्रा.डा. मुकुन्दराज अर्याल कीर्तिपुर विजयपछि केही दिन राजा पृथ्वीनारायण शाह यहाँको कोट घरमा बसेको तर उनका उत्तराधिकारीहरूका सम्बन्धमा स्पष्ट नभएको बताउँछन् । उनी भन्छन्, “राजाहरूले कर्ीर्तिपुरमा भ्रमण गर्नुहुँदैन भन्ने सांस्कृतिक मान्यता रहेको पनि पाइँदैन तर त्यसो किन भयो मलाई थाहा भएन ।” यसरी कारण जे भए पनि शाहवंशका राजाहरूले कीर्तिपुरमा पाइला टेकेको देखिँदैन ।

कीर्तिपुर र त्यस वरिपरिका नगाउँ, पाँगा, चोभार, तौदह, भाजङ्गाल, चम्पादेवी, सल्यानस्थान आदि क्षेत्रहरूलाई समेटेर वि.सं. २०५३ मा उन्नाइस वटा वडा रहने गरी कीर्तिपुर नगरपालिका बनाइयो । हालको नयाँ बजार, खासीबजार, सागल टोल, समल र देवढोका भई पुनः नयाँबजार जोडिएको बाटो भित्रको बस्ती नै मूल कीर्तिपुर हो; जसमा नगरपालिकाका सात वटा वडाहरू पर्छन् । त्रिवि स्थापनापछि कुलपतिका हैसियतले वर्षोनी विश्वविद्यालयसम्म पुग्ने गरेका राजाहरूलाई ‘मूल कर्ीर्तिपुर’ तिर उक्लने खाँचो वा इच्छा जागेको पाइँदैन ।

स्थानीय ७९ वर्षीय समाजसेवी सानुभाइ महर्जन भन्छन्, “श्री ३ महाराज जुद्धशमशेर हात्ती चढेर बाघभैरवको दर्शन गर्न आएको मलाई सम्झना छ । त्यसबेला कीर्तिपुरबासीले खानेपानीको माग गरेको हुँदा त्यसको व्यवस्था भयो । र्सार्वजनिक धाराहरूको उद्घाटनका लागि श्री ३ नै आउने भनी भव्य तयारी गरियो तर किन हो, उद्घाटन गर्न उनको साटो तत्कालीन चीफ साहेब पद्मशमशेर आए । राणाकालपछि कुनै पनि राजा विश्वविद्यालयभन्दा माथि बस्तीमा आएका छैनन् ।”

तर राजनीतिक पर्ूवाग्रह राखेर कीर्तिपुरमाथि पक्षपात भएको आफूलाई नलागेको कर्ीर्तिपुर निवासी, राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल बताउँछन् । उनी भन्छन् “कीर्तिपुर बासीमा बदलाको भावना नहुन सक्छ तर ‘सबकन्सस माइण्ड’का कारण मनोवैज्ञानिक रूपमा व्रि्रोही प्रवृत्ति बढी देखिएको छ । त्यो भावनालाई राज्यविरुद्ध परिचालन गर्न सजिलो हुने भएकोले बेलाबेलामा विभिन्न राजनीतिक शक्तिहरूले उक्साउन आउने गरेका छन् ।” प्रा. खनालका अनुसार प्रशासनले आफ्नो नक्सामा कर्ीर्तिपुरलाई रातोचिन्ह लगाएर समस्या समाधान हुँदैन, यसले त बिद्रोहको भावनालाई झनै बढाइदिन सक्छ ।

निरन्तर विभेद
राजधानीको २८ किलोमिटर लामो चक्रपथको आकार ‘चक्रपथ’जस्तो छैन । शुरुको योजनामा यो झण्डै गोलोे आकारमा थियो । तर पछि त्यसबाट कीर्तिपुरलाई झििकयो । कीर्तिपुरको विकासमा चक्रपथले ठूलो योगदान दिनसक्थ्यो तर किन हो, यो प्राचीन शहर रिङरोडभित्र परेन । कीर्तिपुरलाई चक्रपथभित्र नपार्न ‘विश्वविद्यालयको वातावरणमा असर पर्ने’ तर्क त्यति बेला अगाडि सारिएको बताइन्छ । तर यो एउटा बहाना मात्र भएको स्थानीयबासीहरू ठान्छन् ।

कीर्तिपुरलाई प्रस्तावित ‘आउटर रिङ्गरोड’ले समेट्ला भन्ने ठूलो आशा थियो । तर यसको नक्साबाट पनि कीर्तिपुरलाई बाहिरै राखिएको छ । प्रस्तावित ‘आउटर रिङ्गरोड’ स्वयम्भूमा पुगेपछि वर्तमान चक्रपथलाई नै पक्रन्छ र सातदोबाटो पुगेपछि भैँसेपाटीतिर लम्केर अगाडि बढ्छ । यसले कर्ीर्तिपुरप्रति राज्यले नियतवश नै पर्ूवाग्रह राखेको सङ्केत दिन्छ ।

एकीकरणको बेला भएको गोरखाली सेनासँगको युद्ध इतिहासको एक अध्याय भएको र कीर्तिपुरको अर्थ तथा महत्त्व त्यो समयको भन्दा फरक भइसकेकाले स्थानीय बुद्धिजीवीहरू कीर्तिपुरको छविमा सुधार ल्याउनुपर्ने खाँचो औंल्याउँछन् । स्थानीय शिक्षक जनार्दन श्रेष्ठका अनुसार यसका लागि कीर्तिपुरबासीले आफूप्रति सदाशय देखाउने सबैसँग हातेमालो गर्नैपर्छ । बेला-बेलामा हुने राजनीतिक गतिविधि पनि छवि सुधारका निम्ति सहयोगी नहुने गरेको उनको धारणा छ । कीर्तिपुरबासी उपेक्षा र पर्वाग्रह हैन, त्यस्तै सदाशयको प्रतीक्षामा देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb