Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

उत्खनन्माथि उत्खनन्

Posted on 2025-03-132025-03-14 by admin

धार्मिक भनौं या पर्यटनस्थल, नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरू तान्न सक्ने पूर्वाधार भएका दुईवटा प्रमुख स्थलहरू छन् । ती हुन्– विश्वको सर्वोच्च शिखर सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनी । ती दुबैका विषयमा अथाह पुस्तक, लेख तथा रचनाहरू प्रकाशनमा आएका छन् । तर अधिकांश अंग्रेजी भाषामा छन्, नेपालीमा फाट्टफुट्ट लेखहरू मात्र । वस्तुविशेषमै गहन अध्ययन भई सगरमाथाको विषयमा नेपाली भाषामा त लेखिएकै छैन भन्दा हुन्छ तर लुम्बिनीका सम्वन्धमा अब त्यस्तो भन्नुपर्दैन । यो अभावपूर्ति बसन्त महर्जनद्वारा लिखित र हालै प्रकाशित ‘लुम्बिनीः ऐतिहासिक तथा पुरातात्त्विक अध्ययन’ पुस्तकका कारण त्यस्तो नकारात्मक जवाफ दिनुनपर्ने भएको हो । लुम्बिनीका बारेमा टुक्रे वस्तादको रूपमा धेरै लेखिए, छापिए तर एकमुष्ट सबै क्षेत्र समेटेर नेपालीमा लेखिएको पहिलो पुस्तक यही ‘लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन’ भएको छ र राष्ट्रभाषा भनिने नेपालीमा खड्किराखेको एउटा अभावको पूर्ति यसबाट भएको छ ।

लुम्बिनीका बारेमा सबै क्षेत्रका सबै विद्वान्हरूले लेखिटोपलेका छन् । तर दिलै खेलेर भन्नुपर्दा ती सबै कटुवा, सरुवा, भरुवा र छटुवा मात्र हुन् । लुम्बिनीका प्रारम्भिक लेखकका नाम लिनुपर्दा ए.ए. फुहरर, पूर्णचन्द्र मुखर्जी, देवाला मित्रा, तारानन्द मिश्र, बाबुकृष्ण रिजाल र सोतुर ओएसाका मात्र हुन् । पुरातइभ्वकै हिसाबले अन्य सबै पूर्वलेखकहरूले लेखेका पुस्तक र लेखमा जे पढे जे बुझे त्यसैलाई आफ्नो मथिङ्गलको मसलातसाला मिलाई प्रस्तुत गरेका लेखन मात्र हुन् भन्दा त्यति अन्याय हु“दैन । यो नया“ प्रकाशनलाई मात्र अपवाद मान्न सकिंदैन ।

पुस्तकको आवरण डिजाइन झट्ट हेर्दा लुम्बिनी जस्तो नदेखिए तापनि भित्र भएका सामग्रीले देख्नेबित्तिकै सा“च्चिकै लुम्बिनी हो भन्न करै लाग्दछ । जम्मा एक सय ७१ पृष्ठको प्रस्तुत पुस्तकमा लुम्बिनीका बारेमा यथेष्ट सूचना प्रस्तुत गर्न लेखक सफल भएको देखिन्छन् । पा“च अध्यायमा विभाजित यस पुस्तकमा लेखकले विषय प्रवेशको रूपमा परिचयबाट सुरु गरी लुम्बिनीको ऐतिहासिक पष्ठभूमि, पुराताइिभ्वक विकास खोज उत्खनन, पुनःनिर्माण र उपसंहारसम्म लगी टुङ्ग्याइएका छन् । यसपछि नक्सा, सन्दर्भ ग्रन्थ सूची र परिशिष्ट समावेश गरी पुस्तकलाई पूर्णता गरिएको छ ।

अंग्रेजीमा अथाह प्रकाशन र लेखहरू बजारमा आए तर जतिसुकै स्तरीय प्रकाशन भए तापनि लुम्बिनीका बारेमा जान्न खोज्ने तर अंग्रेजी राम्रो नबुझ्ने नेपाली पाठकका लागि ती काम लागेन । नेपालीमा यति स्तरीय पुस्तक आजसम्म प्रकाशनमा आएको छैन नै भन्दा पनि अत्युक्ति नहोला । लुम्बिनी विकास कोषजस्ता संस्थाको पनि यसतर्फ ध्यान जानुपर्ने थियो तर कहिल्यै गएको पाइ“दैन । एक व्यक्तिद्वारा एकल मेहनतले यति राम्रो र नेपाली भाषाभाषीलाई अति उपयोगी हुने गरी प्रकाशनमा ल्याइदिएकाले लेखकलाई यस कार्यका निम्ति धन्यवाद दिनै पर्दछ ।

कम्प्युटरको विकासले गर्दा साधारण पाठकको पहु“चबाट बाहिर रहेका लुम्बिनीका अति महत्वपूर्ण तस्बिर र नक्साहरूको यथेष्ट मात्रमा समावेश भइदिंँदा पुस्तकको उपयोगता र उपादेयता अरू थपिएको छ । शताब्दी पुरानो पी.सी. मुखर्जीद्वारा प्रकाशनमा आएका फोटोदेखि ओयसाकाद्वारा प्राप्तपछि कहिल्यै खिच्न नसकिने मायादेवी मन्दिरको पूर्व रूपको उत्खनन समयका खण्डहरूका तस्बिरहरू यसमा समावेश गरिदिंँदा पुस्तक केबल पढ्न मात्र होइन हेर्न र बुझ्न पनि त्यत्तिकै उपयोगी भएको छ । साधारण जिज्ञासुका पहु“चबाट टाढा रहेका एक शताब्दी पुराना चित्र, पत्र र प्रकाशनहरूका सम्बन्धित अंशहरू पनि खोजीखोजी परिशिष्टका रूपमा समावेश गरिँन्दा सुनमा सुगन्धजस्तै भएको छ । मार्कर स्टोन प्राप्तिको घोषणा गरिँदा तत्कालीन प्रम शेरबहादुर देउवाले दिएको भाषण समावेश भएजस्तै जापानको आशाही सिम्बुनमा छापिएको मार्कर स्टोन प्राप्तिको समाचारकोप्रति पनि समावेश हुन पाएको भए झन् बेस हुने थियो, तर भएन ।

पुस्तक लुम्बिनी सम्बन्धमा पढ्न, सिक्न र बुझ्न अति उपयोगी देखिन्छ । तर यति हँुदाहँुदै पनि घोडा चढ्ने लड्छ, काम गर्नेले बिराउ“छ भन्ने उखान यस पुस्तकले पनि चरितार्थ गरेको छ । प्रविधिक कारणले होला, नक्साको एक महत्वपूर्ण प्रति नै अस्पष्ट छपिन पुगेको छ (पृ. १५६) । अनि फोटो क्रेडिट (पृ. १८) मा आधा पृष्ठको १२ हरफमा पनि तीनवटा त्रुटि छापिन पुगेका छन् । त्यस्ता त्रुटिहरू अन्य पृष्ठहरूमा पनि यदाकदा भेटिन्छन् । पृष्ठ ७४, ७५ र १५६ को तस्बिर तथा नक्सामा क्याप्सन फोटोको भित्र छाप्नुभन्दा अन्य फोटो तथा नक्सामा गरिएजस्तै छापिएको भए बेस हुने थियो । तर यस्तो खोट मात्रले पुस्तकको महत्ता घटाएको छैन । लेखक गैरनेपालीभाषी भएर पनि प्रस्तुति सलल बगेको छ । भाषिक रूपमा खोट लगाउने ठाउ“ छैन । लेखकको प्रथम प्रयास देखिएकाले अध्ययन र प्रस्तुति गहन नै मान्नुपर्दछ ।

० शिलु श्रेष्
(साभारः हसना मासिक, वर्ष १, अंक ६, २०६२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb