काठमाडाैंमा पुस्तक पाइने मुख्य पसलहरू
Category: Publications
बुद्ध विमर्श
गौतम बुद्धको दैनिक जीवन चर्या कस्तो थियो ? उनका गुरु को थिए अथवा थिएनन् ? कसरी बोधि लाभ गरी बुद्ध बने ? बुद्धसँग भिक्षु बन्ने पहिलो र अन्तिम व्यक्ति को थिए ? पहिलाे र अन्तिम बन्नुकाे कारण के थियाे ? बुद्धसँग के कस्ता खुबीहरु थियो ? बुद्ध भनेकैं के हो ? के कस्ता हुन्छन् आदि…
लुुम्बिनी: ऐतिहासिक तथा पुरातात्विक अध्ययन
गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको हो भनेर प्रमाणित गर्ने एउटै मात्र आधार पुरातात्विक अवशेषहरू हुन् । यसको अभावमा कुनै बेला बुद्धको जन्मस्थलको अनुमान अन्यत्र नै गरिएको थियो । कसैले नेपालमा जन्मेको भन्ने अनुमान गरेकै भएपनि त्यसको आधार हुन्नथ्यो, विवाद कायमै हुन्थ्यो । तर सन् १८९६ मा अशोकस्तम्भमा रहेको अभिलेख भेटियो, लुम्बिनी अन्यत्र होइन, नेपालमा नै…
गौतम बुद्ध
गाैतम बुद्धको जीवनी मात्र थाहा पाउँदा पनि बाैद्ध धर्मका धेरै कुराहरू थाहा पाइने हुन्छ । यही भएर मान्छेहरू बुद्धको जीवनी पनि पढ्न मन पराउँछन् । बुद्धका जीवनी पुस्तकहरू धेरै थरीका प्रकाशित छन् तर सबैले एउटा विवरण दिएको पाइँदैन । जीवनीसम्बन्धी स्राेत ग्रन्थहरूमा नै एक रूपता पाइँदैन । कसैले अलौकिक पक्षमा जोड दिएका छन् भने कसैले…
बुद्धकाे आत्मकथा
गाैतम बुद्ध आफैले आफ्नाे जीवनवारे कुनै पुस्तक लेखेका छैनन् । तर विभिन्न प्रसङ्गमा विभिन्न ठाउँहमा उपदेश दिँदा र प्रसंगवश कसैसँग कुरा हुँदा आफ्नाे जीवन बारेमा पनि बताएका थिए । बुद्धका उपदेशहरू संकलन गर्ने क्रममा जीवनसम्बन्धी ती कुरा पनि संकलन गरिए । संकलित ती जीवनका प्रशंगहरू प्रथम पुरूषमा नै रहेका छन् । तर ती एक ठाउँमा…
गन्तव्य लुम्बिनी
गाैतम बुद्धसँग सम्बिन्धत स्थलहरू एेतिहासिक तथा पुरातात्विक महत्वका छन् । बाैद्धहरू यी स्थलमा पुगी श्रद्धा व्यक्त गर्न पाउँदा पुण्य कमाएकाे अनुभूति गदर्छन् । साथै यी स्थलहरू पर्यटकीय गन्तव्य पनि हुन् । तसर्थ यी ठाउँहरूमा बाैद्ध मात्रै पुग्नु पर्दछ भन्ने छैन । र, संसारभरका गैर बाैद्धहरू यी ठाउँमा भ्रमणा गरेर ज्ञान अार्जन गर्दछन् । नेपालस्थित बुद्धसँग…
बुद्ध र महिला
बुद्धकालिन समयमा महिलाप्रतिको धारणा भन्नु र महिलाप्रति बुद्धको धारणा भन्नु एउटै कुरा होइन । वैदिक मान्यताअनुसार समाजमा महिलाको स्थान बेग्लै थियो र वैदिकहरू त्यसको औचित्य साबित गर्न खोज्दथे । तर बुद्ध वैदिक समाजमा व्याप्त महिला बारेका धारणाहरू भत्काउँथे । यस अर्थमा तत्कालिन समाजमा महिलाकाे स्थान के थियाे र बुद्धका दृष्टिमा महिलाका स्थान के थियाे भनेर…
बुद्ध एक भ्रम अनेक
कुनै पनि व्यक्ति जब समष्टिका लागि महत्वपूर्ण हुन्छन्, उनका बारेमा विभिन्न थरीका कथाकहानी तथा किम्बदन्ती तथा लोकोक्तिहरूको सिर्जना हुन थाल्छन् । अनि मान्छेहरू उनका बारेमा बढाइचढाइ कुरा गर्न थाल्छन्, याे मानिसहरूकाे स्वभाव नै हाे । यसबाट वास्तविकता ओझेलमा पर्ने मात्रै नभएर विकृति नै बढाइदिने र समस्यामा पार्ने संभावना हुन्छ । प्रसंशाका क्रममा निस्कने यस्ता अतिरञ्जित…
उत्तरी नेपालमा बाैद्ध धर्म
उत्तरी नेपालमा प्रचलित बौद्ध धर्मलाइ तिब्बती बौद्ध धर्म पनि भनिन्छ । तिब्बतमा विकास भएकाे बाैद्ध धर्म नै नेपालकाे उत्तरी क्षेत्रमा अाएकाे र परम्पराहरू उतैकाे भएका कारण तिब्बती बाैद्ध धर्म भन्नुमा अन्यथा लिनु पर्दैन । तर उत्तरी नेपालमा प्रचिलत बाैद्ध धर्म वा अभ्यासमा स्थानियता पनि पाइन्छ जसकाे अध्ययन हुनु पर्दछ । तिब्बतबाट अाएका भएपनि कतिपय कुरा …
बुद्ध र मानव अधिकार
मानव अधिकार अाधुनिक विश्वका लागि नाैलाे अवधारणा र अभ्यास हाे । मानव अधिकारकाे अभावमा मानवले प्रतिष्ठापूर्ण जीवन विताउन सक्दैन । तर मानव अधिकार नै भनेर उल्लेख नपाइए पनि गाैतम बुद्धका उपदेशहरू मानवअधिकारकाे अवधारणासँग नजिक रहेकाे पाइन्छ । मानव अधिकारकाे अवधारणा तथा यससँग सम्बन्धित घाेषणापत्र, महासन्धी, अालेख तथा अन्य कुराहरूकाे चर्चा गर्दै ती सँग बाैद्ध विषयवस्तुकाे…